प्रियंकाले कोरोनाबाट प्रभावित व्यक्तिलाई सहयोग गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी दिए धन्यवाद



२४ चैत्र २०७६, काठमाडौँ

बलिउड तथा हलिउडमा समेत आफ्नो राम्रो स्थान बनाइसकेकी नायिका प्रियंका चोपडाले कोरोनाबाट पिडित व्यक्तिहरुलाई आर्थिक सहयोग गरेकी थिइन् । उनको सहयोगपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटर मार्फत उनलाई धन्यवाद समेत दिएका छन् ।

प्रियंका चोपडाले पिएम केयर्स फन्डमा आर्थिक सहयोग गरेपछि प्रधानमन्त्री मोदीले उनलाई धन्यबाद दिदै भनेका छन् – ‘व्यक्ति, संस्था, प्रोफेसनलहरु, नामुद व्यक्तिहरु सबैजना भारतको स्वस्थ भविष्यको लागि पिएम केयर्स फन्डमा सहयोग गरिरहेका छन्, धन्यबाद प्रियंका चोपडा’ । उक्त ट्वीटको जवाफमा प्रियंकाले पनि धन्यबाद भन्दै अहिले सम्म सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेकी छिन् ।

नरेन्द्र मोदीले सामाजिक सञ्जालमा दैनिक सबैलाई सुरक्षित रहनको लागि आग्रह गरिरहेका छन् । उनले कोरोनाबाट पिडित व्यक्तिहरुको लागि राहत कोष खडा गरेका थिए । जहाँ बलिउड सेलिब्रेटी लगायत अन्य जनताले पनि आफूले सकेजति सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्