कोरोनामुक्त भइन् गायिका कनिका कपुर, भइन् अस्पतालबाट डिस्चार्ज



२४ चैत्र २०७६, काठमाडौँ

कोरोना संक्रमण भएपछि बलिउडकी चर्चित गायिका कनिका कपुर करिब १५ दिनदेखि हस्पिटलमा थिइन् । लखनउको अस्पतालमा चेकअप गराइरहेकी कोरोनाको चौथो पटकसम्मको कोरोना टेस्ट पोजेटिभ आएको थियो ।

तर पाचौँ पटकको टेस्ट उनको नेगेटिभ आयो । डाक्टरहरुले उनको अब एकपटक एकपटक टेस्ट गर्न बाकिँ रहेको बताएका थिए । कनिकाको अर्को कोरोना टेस्ट रिपोर्ट पनि नेगेटिभ आएको छ ।

यस हिसाबले गायिका कपुर अब कोरोनामुक्त छिन् र स्वस्थ पनि छिन् । कनिकालाई डाक्टरले घर जाने अनुमति दिइसकेको छ र उनी डिस्चार्ज भैसकेको खबर भारतीय मिडियाले जनाएको छ । कनिकामा कोरोना संक्रमण देखिएपछि उनको परिवार निकै आत्तिएका थिए । कनिका अहिले ठिक भएपछि कनिकाको परिवार निकै खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्