पिता राकेशले व्यायाम गरिरहेको भिडियो सेयर गर्दै ऋतिकले लेखे, ‘भाइरस उहाँसँग डराउनु पर्छ’



२२ चैत्र २०७६, काठमाडौँ

ऋतिक रोशनले सामाजिक सञ्जालमा उनको पिताले जिम गरिरहेको भिडियो सेयर गर्दै सबैमा कामप्रति यत्तिकै डिटरमिनेशन हुन आवश्यक भएको बताएका छन् । ऋतिकका पिता राकेश रोशन यहि बर्ष ७१ बर्षका हुदैँछन् ।

तर अझैपनि उनी दिनमा २ घण्टा कसरत गर्ने गर्छन् । जसका कारण उनी सधैँ नै फूर्तिलो देखिने गरेका छन् ।

आफ्ना पिताको भिडियो अपलोड गर्दै लेखेका छन्, ‘मेरो बुबा कहिल्यै हार मान्नुहुन्न, यस्तो बेला हामीलाई पनि यस्तै दृढ संकल्पको आबश्यकता छ’ । ‘यहि बर्ष उहाँ ७१ बर्षको पुग्नुहुन्छ र अझपनि उहाँ दिनको दुई घण्टा कसरत गर्नुहुन्छ । गएको बर्ष उहाँले क्यान्सरलाई पनि जित्नु भएको थियो । मलाई लाग्छ कि भाइरस उहाँ संग डराउनु पर्छ, धेरै डराउनु पर्छ ।’

ऋतिकले अपलोड गरेको उक्त भिडियोलाई उनका फ्यानले निकै रुचाएका छन् र ऋतिकका पिताको तारिफ पनि गरिरहेका छन् । हाल ऋतिक क्वारेन्टाइनको समय आफ्नो परिवारसँग बिताइरहेका छन् । उनीसँग उनकी पूर्वपत्नी सुजैन पनि सँगै छिन् ।

प्रतिक्रिया दिनुहोस्