‘भगवान रामले सिकाएको त्याग मार्गमा लागेर धुम्रपान सेवन गर्न छोडे’ : कगंना रनावत



२२ चैत्र २०७६, काठमाडौँ

बलिउड अभिनेत्री कगंना रनावतले बेला बेलामा सामाजिक सञ्जालमा विभिन्न भिडियोहरु पोष्ट गरिरहेकी हुन्छिन् । उनले केहीदिन अघिमात्र कोरोनाबाट नआत्तिन सबैलाई भिडियो मार्फत आग्रह गरेकी थिइन् ।

उनले फेरि रामनवमीको शुभकामना दिदैँ सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गरेकी छिन् । जहाँ उनले भगवान राम हाम्रो सभ्यताको सबैभन्दा महत्वपूर्ण प्रतिक भएको बताएकी छिन् ।

कगंनाले उक्त भिडियोमा भगवान रामको बारेमा धेरै कुरा बताएकी छिन् । रामले मानबजातिलाई सिकाएको सबैभन्दा उत्कृष्ट कर्म ‘त्याग’ भएको उनले बताईन् । उनले आफु १९ बर्षको हुँदा एक फिल्मको छायांकनको क्रममा धुम्रपान गरेको र बिस्तारै त्यसको लत बसेको प्रसङ्ग सम्झिदै पछि भगवान रामले सिकाएको ‘त्याग’ को मार्गमा लागेर आफुले धुम्रपान छोडेको, गलत साथीहरुको संगत छोडेको बताइन् ।

कगंनाको उक्त भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्