फिल्म खेल्न मुम्बईबाट नेपाल आएकी अदिती लकडाउनका कारण घरमा बस्न बाध्य



२१ चैत्र २०७६, काठमाडौँ

चलचित्र कृ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका अदिती बुढाथोकी केहीसमय अघि नेपाल आएकी हुन । उनी आफ्नो दोस्रो चलचित्र खेल्नको लागि नेपाल आएकी हुन् । तर कोरोनाका कारण लकडाउन भएकाले उनी घरभित्र थुनिएकी छिन् ।

अदिती प्राय मुम्बईमा बस्ने गर्छिन् । बलिउडमा स्थान बनाउन मुम्बईमा संघर्ष गरिरहेकी अदितीले केही पञ्जाबी गीतहरुमा काम पनि गरेकी छिन् । अदितीले क्वारेन्टाइनको समयमा घरमा बसेर सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु सेयर गरिरहेकी छिन् । उनले अरुलाई पनि घरमा नै बस्न आग्रह गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्