राज सागरको ‘उद्दार गरौं यो मानवताको’ गीत सार्वजनिक [भिडिओ]



२० चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का कारण नेपाली आकाशमा संकटको बादल मडारिरहँदा गायक तथा संगीतकार राज सागरले नयाँ गीत बजारमा ल्याएका छन् ।

उद्योगी तथा व्यवसायी वसन्त चौधरीद्वारा लिखित गीतलाई राहुल विश्वकर्माले एरेञ्ज गरेका छन् भने दीप घतानीले गीतलाई मिक्सिङ्ग गरेका छन् ।

भोइस अफ नेपालमा रेकर्ड गरिएको गीतले वर्तमान संकट समाधान गर्न मिलेर अघि बढ्नुपर्ने कुरालाई मुख्य विषय बनाएको छ ।

यस्तै गीतको लिरिकल भिडिओ पनि सार्वजनिक भएको छ ।

|तस्वीरमा गीतका सर्जकहरु सागर र चौधरी। श्रोत|

प्रतिक्रिया दिनुहोस्