बर्षमा एउटा मात्र चलचित्र खेल्ने सोचमा साम्राज्ञी



२० चैत्र २०७६, काठमाडौँ

साम्राज्ञीको पहिलेको जस्तो क्रेज अहिले छैन । पछिल्लो समयमा उनी अभिनीत सबै चलचित्र असफल छन् । त्यसका कारण पनि फ्यानहरु उनीबाट निराश भएका हुन् ।

यस्तै हाल लकडाउनमा रहेकी साम्राज्ञी बेला बेलामा फ्यानलाई प्रश्न गर्न लगाएर त्यसको जवाफ दिन्छिन् । केहीदिन अघि उनलाई एक फ्यानले तपाईको नेक्स फिल्म कहिले आउँछ भनेर सोधेका थिए । जहाँ साम्राज्ञीले हाल आफूले कुनैपनि चलचित्र साइन नगरेको जवाफ दिएकी छिन् ।

साथै उनले अबदेखि बर्षमा १ मात्र चलचित्रमा काम गर्ने बताएकी छिन् । उनले पहिले जस्तो चलचित्र गर्न क्रेजी आफू नभएको पनि बताएकी छिन् । फिल्म नै नगर्ने मनस्थितिमा पुगेकी साम्राज्ञीले राम्रो चलचित्रबाट अफर आए बर्षमा एउटा चलचित्र मा खेल्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्