कोरोनाबाट प्रभावित मजदुरहरुको लागि बलिउड गायिका लता मंगेशकरले गरिन् २५ लाख सहयोग



१९ चैत्र २०७६, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि राहत कोष खडा गरेका छन् । उक्त कोषमा रकम जम्मा भैरहेका छन् ।

बलिउडका अक्षय कुमार, वरुण धवन, प्रभास, कपिल शर्मा, ऋतिक रोशन लगायतका कलाकारले आफूले सकेजति सहयोग गरिरहेका छन् । यसैबिच भारतकी चर्चित गायिका लता मंगेशकरले पनि राहत कोषमा रकम जम्मा गरिदिएकी छिन् ।

लताले ट्वीटरमा ट्वीट गर्दै २५ लाख सहयोग गरेको घोषणा गरेकी छिन् । भारतमा पनि कोरोना भाइरसको सन्त्राण तीव्र रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण भारतमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी संक्रमित रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्