सलमानले लिए कोरोनाबाट प्रभावित २५ हजार मजदुरको जिम्मेवारी



१८ चैत्र २०७६, काठमाडौँ

कोरोनाका कारण प्रभावित व्यक्तिको सहयोगको लागि भारतीय सरकारले राहत कोष खडा गरेको छ । जहाँ अहिले विभिन्न भारतीय सेलिब्रेटीहरुले आफूले सकेजति सहयोग गरिरहेका छन् ।

यसैबिच सलमान खानले कोरोनाबाट प्रभावित २५ हजार मजदुरको जिम्मा लिएका छन् । उनले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ बाट सहयोग गर्ने घोषणा गरेका हुन् । ‘एफडब्लूआइसिइ’ का प्रेसिडेन्ट बी एन तिवारीका अनुसार, सलमान खानले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ को माध्यमबाट उनको अर्गनाइजेशनमा पुगेर मजदूरका लागि सहयोगको हात अगाडि बढाएका हुन् ।

सलमानले २५ हजार मजदुरको लागि हरेक महिना मेडिकल सुविधाको लागि ५ लाख खर्च गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्