कोरोनाका कारण समस्यामा परेका मजदुरका लागि ३० लाख सहयोग गर्दै वरुण धवन



१६ चैत्र २०७६, काठमाडौँ

भारतमा कोरोनाको त्रास उच्च भएकाले यतिबेला भारतलाई लकडाउन गरिएको छ । जसका कारण सम्पूर्ण जनता क्वारेन्टाइनमा रहेका छन् । लकडाउनको प्रत्यक्ष असर दैनिक मजदुरी गरेर आफ्नो गुजारा चलाउने मजदुरमा देखिएको छ ।

लकडाउनको कारण मजदुरले काम गर्न पाएका छैनन् । जसका कारण उनीहरुमा समस्या देखिएको छ । उनै मजदुरहरुको सहयोगको लागि भारतीय सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ ।

उक्त राहत कोषमा बलिउड सेलिब्रेटीहरुले आफूले सक्दो सहयोग गरिरहेका छन् । कपिल शर्मा, अक्षय कुमार, प्रभास लगायतका कलाकारपछि चर्चित अभिनेता वरुण धवनले पनि राहत कोषमा ३० लाख जम्मा गरिदिने घोषणा गरेका छन् । उनले यस्तो समयमा आफ्नो तर्फबाट देशलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

वरुणसँगै सनी देवल, हेमा मालिनी, रामचरण, रजनी कान्त लगायतका कलाकारले पनि राहत कोषमा पैसा डोनेसन गरिदिएका छन् । उनीहरुले दिएको रकम कोरोनाबाट प्रभावित व्यक्तिको लागि सहयोगस्वरुप जानेछ ।

प्रतिक्रिया दिनुहोस्