लकडाउनबीच दिशाले सेयर गरिन् यस्तो तस्बिर, नराम्रोसँग भइन् ट्रोल



१४ चैत्र २०७६, काठमाडौँ

दिशा पटानी बलिउडकी निकै बोल्ड नायिकाको सूचीमा पर्छिन् । उनी बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर अपलोड गरेर चर्चामा आइरहेकी हुन्छिन् । यतिबेला भारतलाई पनि लकडाउन गरिएकाले उनी क्वारेन्टाइनमा छिन् ।

यसैबिच उनले आफ्नो एक पुरानो तस्बिर अपलोड गरेकी छिन् । जहाँ उनी निकै बोल्ड देखिएकी छिन् । उक्त तस्बिर उनले एक म्यागजिनका लागि खिचाएकी थिइन् । अहिले उक्त तस्बिरका कारण उनी निकै विवादमा परेकी छिन् ।

फ्यानले उनको तस्बिरलाई मन पराउनु सट्टा उनलाई गाली गरिरहेका छन् । कत्तिले उनलाई लाज नभएकी समेत भनेका छन् । तर दिशाले यसबारे कुनै प्रतिक्रिया भने दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्