बलिउड नायिका  प्रियंकाले सिकाइन् हात धुने तरिका, भिडियो भयो भाइरल (भिडियो सहित)



१४ चैत्र २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाको सामाजिक सञ्जालमा एक भिडियो अहिले निकै भाइरल भैरहेको छ । जहाँ उनले हात धुन सिकाएकी छिन् । प्रियंकाले डब्लुएचओ ले दिएको ह्याण्ड वास च्यालेन्जलाई पुरा गरेकी छिन् ।

उनले भिडियोमा २० सेकेडण्सम्म आफ्नो हात धुन आवश्यक रहेको बताएकी छिन् । साथै उनले भिडियोमा पानीको धारा कुहिनोले खोलेको देख्न सकिन्छ । यो एक सुरक्षित तरिका हो । प्रियंकाले ह्याण्ड वासको च्यालेन्ज उनका पति निक, अभिनेता अमिताभ बच्चन, परिणिती चोपडालाई पनि दिएकी छिन् ।

उनले यो समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सबैलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्