अमृत साइन्स क्याम्पसमा ‘प्रकृतिको आवाज’



०१ चैत २०७६, काठमाडौं

दिगो सप्ताह काठमाडौं र YIST ले आयोजना गरेको प्रकृतिको आवाज आज अमृत साइन्स कलेजमा सम्पन्न भएको छ ।

गमलामा पानी हालेर सुरुवात गरिएको कार्यक्रममा दिगो सप्ताह काठमाडौंका प्रमुख आशिष लामिछानेले आफ्नो मन्तव्य राखेका थिए । उनी भन्छन्, “दिगो सप्ताहले धेरै कार्यक्रमहरु गर्दैछ । ती कार्यक्रममध्ये ‘प्रकृतिको आवाज’ एक हो । प्रकृतिको आवाज कार्यक्रममा आज दिगो बिकास लक्ष्य मध्ये लक्ष्य ६ स्वच्छ पानी र सरसफाइको बारेमा बढी चर्चा गरिरहेका छौं ।”

पूर्व वातावरण मन्त्री गणेश शाहले दिगो बिकास लक्ष्यका बारेमा प्रष्ट्याउँदै दिगो लक्ष्य मध्ये लक्ष्य ६ पानीलाई बढी प्राथमिकता दिएका थिए । उनले यस क्षेत्रमा झण्डै ४४ वर्ष योगदान दिएका छन् ।

कार्यक्रममा कान्छो अभियानकर्ता केपी खनालले परिवर्तन आफुबाट सुरु गर्नुपर्छ भन्दै आफ्नो यात्राको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा रबिना पाठकले नेपालमा भएका पानीका समस्यालाई झल्काएका थिए । उनले विकासका कारण पानीका मुहानहरु थुनिएकोले विभिन्न प्रकोप निम्तिएको भनी आफ्नो विचार राखेका थिए ।

स्मार्ट डस्टबिनको समेत उद्घाटन गरिएको कार्यक्रमको अन्तिममा आकाशबाट परेको पानीको कसरी सदुपयोग गर्ने भने कुरालाई पनि समावेश गरिएको थियो ।

कार्यक्रममा देशप्रती सम्मान व्यक्त गर्दै राष्ट्रिय गान गाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्