पलले गरे आँचललाई इन्ष्टाग्राममा अनफलो



३० फागुन २०७६, काठमाडौँ

पल शाह पछिल्लो समयमा सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । फिल्मक्षेत्रमा दिनप्रतिदिन उनको डिमाण्ड बढ्दो छ । पलको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । उनी भनेपछि मरिहत्ते गर्ने फ्यानको संख्या लाखौँमा रहेको छ ।

फ्यानले पलको हरेक कुरा नोटिश गरिरहेका हुन्छन् । पलको लोकप्रिय सामाजिक सञ्जालमा इन्ष्टाग्राममा डेढ लाखभन्दा बढी फलोअर्स रहेका छन् । तर उनले भने मात्र ७ जनालाई फलो गरेका छन् ।

पलले केहीसमय अघि इन्ष्टामा १० जनालाई फलो गरेका थिए । अहिले ३ जना घटेर ७ मा पुगेका छन् । अचम्मको कुरा त के छ भने पलको इन्ष्टाग्रामबाट नायिका आँचल शर्मा अनफलो भएकी छिन् । केहीसमय अघि पलले आँचललाई इन्ष्टाग्राममा फलो गरेका थिए र आँचलले पनि ।

तर अहिले पलले आँचललाई अनफलो गरेका छन् र आँचलले पनि पललाई अनफलो गरेकी छिन् । आँचलको विवाह उदिपसँग फिक्स भएपछि पलले आँचललाई अनफलो गरेको हल्ला यतिबेला बजारमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्