श्रीदेवीको पुण्यतिथिमा भावुक हुदैँ जान्वीले लेखिन्, ‘आमा ! म तिमीलाई हरेक दिन याद गर्छु’



१२ फागुन २०७६, काठमाडौँ

जान्वी कपुर बलिउडकी चर्चित नायिका हुन् । उनी बलिउडमा आएको त्यति समय भएको छैन । तर उनले लोभलाग्दो सफलता हासिल गरेकी छिन् । उनलाई ठूला व्यानरका चलचित्रबाट अफर आइरहेका छन् ।

सबैलाई यथावत नै होला जान्वी बलिउडकी नक्षेत्रको रुपमा परिचित स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको आजभन्दा २ बर्ष अगाडी निधन भएको थियो । उनी एक साथीको विवाहमा जादाँ बाथपटमा उनको शव भेटिएको थियो ।

यस्तै श्रीदेवीको पुण्यतिथिमा उनलाई सम्झदैँ जान्वीले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी  छिन् । जान्वीले श्रीदेवीसँगको आफ्नो बच्चाबेलाको तस्बिर सेयर गर्दै लेखेकी छिन्, आमा म तिमीलाई हरेक दिन याद गर्छु ।

उनको तस्बिरमा धेरैले श्रीदेवीलाई श्रद्धाञ्जली दिइरहेका छन् भने कतिले दुख पनि व्यक्त गरेका छन् । श्रीदेवीले बलिउडमा धेरै योगदान दिएकी छिन् । जसका कारण आजपनि उनी सबैको लागि त्यति नै प्रिय छिन् जति उनी पहिले थिइन् । उनी गएपनि उनको नाम बलिउडमा कहिल्यै मेटिने छैन ।

प्रतिक्रिया दिनुहोस्