सुदुरपश्चिम महोत्सवमा नेबिसंघ जिल्ला सभापति भट्टमाथि अभद्र व्यवहार



०८ फागुन २०७६, काठमाडौं

सुदुर पश्चिम पर्यटन ब्यापार तथा दार्चुला महोत्सबमा स्थानीय कलाकारले प्राथमिकता पाउनुपर्ने तथा बिद्यार्थीलाई ५० प्रतिशत सहुलियत र छाडा संस्कृतिलाई रोक्नुपर्ने माग राखेर दार्चुला जिल्ला नेबि संघले दार्चुला उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाए पनि कुनै माग सम्बोधन नभएपछि नेबि संघका सभापति रमेश भट्टको नेतृत्वमा शान्ति पुर्ण जुलुस निकाल्दा उद्योग बाणिज्य संघले प्रहरी प्रशासन प्रयोग गरि बिद्यार्थीलाई २४ घण्टा प्रहरी नियन्त्रणमा राखेर अभ्रद व्यबहार गरेको नेबि संघ जिल्ला सभापति रमेश भट्टले बताएका छन् ।

हामीले बिद्यार्थी हकहितमा बोल्दा प्रहरी नियन्त्रणमा पुग्यौ स्थानीय कलाकारहरुलाई प्राथमिकता समेत दिएन सबै कलाकारहरु बाहिरबाट लिएर आयोजकले भ्रष्टाचार गर्न खोजेको हो । गाउँ समाजलाई मध्य नजर गर्दै यस्ता छाडा संस्कृतिले हाम्रो समाजमा समेत नराम्रो अप्रिय घटना समेत घट्ने भएकाले हामीले बिरोध गरेका हौं, यस्ता छाडा संस्कृतिले भोलिको दिनमा बलात्कारका घटना समेत घट्ने भएकोले हामीले बिरोध गरेका थियौ तर माग सम्बोधन गर्नु त कहाँ हो कहाँ उल्टै प्रहरी प्रशासन प्रयोग गरेर मलाई समेत २४ घन्टा प्रहरी नियन्त्रणमा राख्नुभयो–पूर्व तरुण दलका जिल्ला सभापति उमेश खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्