महिलामाथि सामूहिक बलात्कार,२ प्रहरी नियन्त्रणमा



०५ फागुन २०७६, काठमाडौं

जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जि.प्र.का धनुषाले जनाएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए ।

फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्