सांसदले स्याण्ड्विच् चोरेपछि..



२८ माघ २०७६, काठमाडौं

युरोपेली देशको स्लोभेनियामा एउटा अनौठो घटना घटेको छ।

लोभेनियाको सत्ताधारी दलका सांसद दारजी क्रेजिसिचले सुपर मार्केटबाट एउटा स्याण्ड्विच् चोरेपछि आफ्नो गल्ती स्वीकार गर्दै राजीनामा दिएका छन्। सांसदले स्याण्ड्विच् चोरेको घटनाको त्यहाँको संसदमा तीव्र विरोध पनि भएको छ।

दारजीका अनुसार एउटा सुपर मार्केटमा स्याण्ड्विच् किन्न गएको बेला हातमा स्याण्ड्विच् लिएर पैसा तिर्न जाँदा सुपर मार्केटका कुनैपनि कर्मचारीले उनलाई ध्यान दिएका थिएनन्। कसैले पनि मतलब नगरेपछि उनी हातमा स्याण्ड्विच् लिएर बाहिरिए।

जब ती सांसदले आफूले स्याण्ड्विच् चोरेको खुलासा गरे, तब तत्कालै विपक्षी सांसद तथा उनकै दलका सांसदहरुले पनि विरोध जनाए । सबै सांसदले एक मुखमा विरोध जनाएपछि ती सांसदले सभामुख समक्ष आफ्नो राजीनामा पेश गरेका हुन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्