पूर्व सचिव पत्नी हत्या प्रकरण : घाँटी थिचेर मारिएको पुष्टि



२८ माघ २०७६, काठमाडौं

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।

सोमबार (हिजो) बिहान ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा अचेत अवस्थामा भेटिएकी कार्कीलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि अस्पतालले केही समयमै मृत घोषणा गरेको थियो।

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार कार्कीको मृत्युको कारण स्ट्रांगुलेसन (घाँटी थिचिएको) हो। “मृतकमा म्यासिभ हेड इन्जुरी देखिएको भए पनि मृत्युको कारण भने स्ट्रांगुलेसन नै हो।” श्रोतले भनेको छ।

यस्तै घटनाको अनुसन्धानमा संलग्न प्रहरी उच्च स्रोतका अनुसार कार्कीकै घरको कामदार विजय चौधरीको पनि झुण्डिएकै कारण मृत्यु भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्