अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण



२३ माघ २०७६, काठमाडौं

अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्रीसहित अवतरण गर्न लागेको नासाले जनाएको छ । कोच सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् ।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका छन् । नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्