दामनको होटलमा बेहोश अवस्थामा भेटिएका पाँच पर्यटकको मृत्यु



०७ माघ २०७६, काठमाडौं

दामनको एक होटलमा बेहोश अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकमध्ये पाँचजनाको मृत्यु भएको छ।

नेपाल घुम्न आएका उनीहरु दामनको एक होटलमा बसेका थिए। एभरेष्ट पानारो होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका भेटिएका थिए।

उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको भए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी बताए।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्