ट्रक दुर्घटना हुँदा तीनको मृत्यु



१६ पुष २०७६, काठमाडौं

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठाकुरबाबा नगरपालिकाको आम्बासाबाट ६ किलोमिटर पश्चिममा भएको ट्रक दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना भएको हो। ज्यान गुमाउनेको परिचय खुलेको छैन। शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्।

घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्