६ वटा सवारीलाई ठक्कर दिँदै गुडेको ट्यांकर घरमा ठोकिएर रोकियो



१५ पुष २०७६, काठमाडौं

राजधानीे काठमाडौंको सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले ६ वटा सवारीलाई एकैचोटी ठक्कर दिएको छ।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानी ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो।

ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।

वृत्तका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ।

तस्वीरः सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्