लगातार हिमपात : हिउँमाथि विद्यालयको पठनपाठन (फोटो फिचर)



०६ पुष २०७६,बाजुरा

बाजुरामा लगातार ३ दिनसम्म हिउँ परेको छ । उच्च हिमपात परेपछि त्यहाँको विद्यायलयमा हिउँकै थुप्रोमाथि विद्यार्थीहरुलाई राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।

विद्यार्थीहरु हिउँमाथि बसेर पढ्न बाध्य समेत भएका छन् । हिमपातकै कारण बाजुराको हिमाली क्षेत्रमा रहेका दर्जन बढि बिद्यालयको पढाई प्रभाबित भएको छ । हिमपातका जिल्लाका हिमाली गाउँपालिका बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांसं बिद्यालयहरुको पढाई प्रभाबित भएको हो ।

तिन दिनसम्म परेको अविरल वर्षा र हिमपातका कारण बिद्यालयमा पठनपाठन गर्न निकै गाह्रो भएको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माद्यामीक बिद्यालयका शिक्षक बलबहादुर रोकायाले बताएका छन् ।
फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्