‘कबिर सिंह’ बन्यो गुगलमा सर्वाधिक खोजिएको चलचित्र



२६ मंसिर २०७६, काठमाडौँ

२०१९ मा प्रदर्शनमा आएका बलिउड चलचित्रमध्ये सर्वाधिक सफलता कमाएको चलचित्र कबिर सिंह पनि हो । साहिद कपुर र कियारा अडवाणीको मुख्य भूमिका रहेको चलचित्र कबिर सिंह ले बलिउडमा लगभग ३ सय करोड छापेको थियो ।

यस्तै कबिर सिंह गुगलमा सबैभन्दा धेरै खोजिएको चलचित्र बन्न सफल भएको छ । भारतमा गुगल प्रयोग गर्ने प्रयोगतकर्ताले साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’लाई सर्वाधिक खोजेका छन् ।

यो सूचीको दोश्रो स्थानमा हलिउड चलचित्र ‘एभेन्जर्स इन्डगेम’ छ । यो सूचीमा हलिउड चलचित्र ‘जोकर, क्याप्टेन मार्भल’ र बलिउड चलचित्र ‘सुपर ३०’ पनि छन् ।

प्रतिक्रिया दिनुहोस्