‘झिंगे दाउ’ मा केकीको यस्तो लुक्स



२४ मंसिर २०७६, काठमाडौँ

यतिबेला चलचित्र झिंगे दाउ को छायांकन भैरहेको छ । चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा केकी र आँचल गाउँले विवाहित महिलाको भूमिकामा देखिएका छन् ।

चलचित्रमा केकीको जोडीका रुपमा मुकुन र आँचलको जोडीको रुपमा कुशल देखिएका छन् ।  फिल्ममा विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने छ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा छन् ।

प्रतिक्रिया दिनुहोस्