सोलुबाट काठमाडौंका लागि छुटेको जिप दुर्घटना, २ जना गम्भीर घाइते



२४ मंसिर २०७६, काठमाडौं

सोलुखुम्बुबाट राजधानी काठमाडौंका लागि छुटेको जिप ओखलढुङ्गाको टोड्केमा दुर्घटना हुदाँ २ जना गम्भीर घाइते भएका छन्।

मंगलबार बिहान सोलुखुम्बुको सदमुकाम सल्लेरीबाट राजधानी काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको १० यात्रु सवार जिप ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित टोड्केमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

बिहान ८ः४५ बजेको समयमा जिप सडकबाट करिब १५० मिटर तल खस्दा महाकुलुङ गाउँपालिका बुङकी गर्भवती महिला ज्योति राई र थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमकी मणीकला राई गम्भीर घाइते भएका बताइएको छ।

घाइतेद्वयको ओखलढुङ्गाको मिशन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्