१ महिना अघि बन्द भएको कुमारी हल मर्मतपछि पुनः सञ्चालनमा



२२ मंसिर २०७६, काठमाडौँ

अत्याधिक दर्शकको चाप रहने राजधानीको कुमारी हल करिब १ महिना अघि केही मर्मत गर्नको लागि बन्द गरिएको थियो ।

कुमारी हल करिब एक महिनापछि पुनः सञ्चालनमा आएको छ । अहिले कुमारी हलमा रहेको सिट र कार्पेट परिवर्तन गरिएको छ भने ट्वाइलेट पनि मर्मत गरिएको छ । जसको कारणले दर्शक अझै बढ्ने अनुमान लगाइएको छ ।

कुमारी हलमा २ पर्दा छन् । जसमध्ये, कुमारी हलको अडिटोरियम १ संचालनमा आएको हो । अर्को अडिटोरियम संचालन हुन एक साता लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्