प्रेम र गीतको साथमाा अकिंत (फोटो फिचर)



२१ मंसिर २०७६, काठमाडौँ

अहिले मनाङमा चलचित्र प्रेमगीत ३ को धमाधम छायांकन भैरहेको छ । चलचित्र प्रेमगीत ३ २ सय बर्ष पहिलेको कथामा निर्माण भैरहेको छ ।

चलचित्रमा सन्तोष सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् भने चलचित्रलाई सन्तोष सेनले नै निर्माण गरेका हुन् ।

चलचित्रमा प्रदिप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, मनिष लिम्बु, अनुभव रेग्मी, शिव श्रेष्ठ, योगीशा गिरी, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको सेटबाट केही तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ प्रदिप, कृष्टिना र सन्तोषले घोडा चलाइरहेको देख्न सकिन्छ । चलचित्र प्रेमगीत ३ चैत्र २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्