दयाहाङ राई भन्छन् : ‘कलाकारमा म उत्कृष्ट काम गर्न सक्छु भन्ने भ्रम हुन्छ’



१९ मंसिर २०७६, काठमाडौँ

दयाहाङ राई अहिलेका सबैभन्दा व्यस्त र चर्चित अभिनेता हुन् । एकपछि अर्को चलचित्रमा उनलाई भ्याई नभ्याई छ । नेपाली चलचित्र क्षेत्रमा दया भर्सटाइल अभिनेताको रुपमा परिचित छन् ।

दयाको बारेमा दर्शकलाई एउटा कुरा थाहा छ कि छैन दया नेपाली चलचित्र क्षेत्रमा नायक नभई निर्देशक बन्ने हिसाबले आएका थिए । तर यो क्षेत्रमा पाइला चालेपछि उनलाई थाहा भयो कि उनी अभिनयको लागि बनेका हुन् । दयाले अहिले नै आफू चलचित्र निर्देशन गर्न योग्य नभएको तर केहीसमय पछि चलचित्र निर्देशन गर्ने बताए ।

यस्तै दयाले कलाकारमा म एकदम राम्रो काम गर्न सक्छु भन्ने भावना हुने बताए । दयाले भने कलाकार लोभी हुन्छन् । मैले गरेको काम खतरै हुनुपर्छ भन्ने लोभ कलाकारमा हुन्छ । आफू भित्रको क्षमता भने थाहा हुँदैन । कलाकारले क्षमता अनुसारको काम गर्नुपर्छ । कल्पना त हामी ठूलो गर्छौ । तर, क्षमता चिन्न सक्दैनौ । यो भूमिका वा त्यो भूमिका त म बबाल नै गर्छु भन्ने ठूलो भ्रम हामीमा हुनसक्छ । यही भ्रममा बाँचिरहँदा हामी आफूलाई ‘अनलक्की’ पनि महशुश गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्