चलचित्रमा डेब्यु गर्दै प्रेम परियार



१९ मंसिर २०७६, काठमाडौँ

चलचित्र नाई नभन्नु ल २ मा गीत गाएपछि प्रेम परियारले नसोचेको सफलता हासिल गरे । त्यसबेला प्रेम परियार बाल गायकको रुपमा चिनिएका थिए । अहिले प्रेम निकै ठूला भएका छन् र उनको आवाज पनि परिवर्तन भएको छ ।

प्रेम अब गायकबाट नायक बन्ने भएका छन् । प्रेमका फ्यानका लागि खुसीको खबर आएको छ ।

उनले चलचित्र पर्खि बसे फर्कि आउँछु नामक चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । चलचित्रमा उनको जोडीको रुपमा समिक्षा बस्नेत देखिने छिन् । चलचित्रको लागि प्रेम र समिक्षा दुवै निकै उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्