‘नायक नायिकाबिचको पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन’ : कट्रिना कैफ



१७ मंसिर २०७६, काठमाडौँ

बलिउडमा नायक नायिकाबीच हुने पारिश्रमिकको अन्तरले गर्दा बेला बेलामा गसिप बन्ने गरेको छ । केही नायिकाले त झन नायक नायिकाबिच हुने पारिश्रमिक अन्तरले रिस समेत उठ्ने गरेको बताएका छन् ।

यस्तै नायिका कट्रिना कैफ भने नायक नायिकाबिच हुने पारिश्रमिकले आफूलाई कहिल्यै रिस नउठ्ने बताउँछिन् । उनी यो कुराले आफूलाई काम गर्न अझै हौसला मिलेको पनि बताउँछिन् । कट्रिना आफूलाई नायक बिनाको एक्सन चलचित्रमा काम गर्न मन लागेको र त्यहिँ अनुसारको पारिश्रमिक आफ्नो मेहेनतले कमाउन मन लागेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्