किरात राई कलाकार संघको ५औं राष्ट्रिय सम्मेलन पौषमा



१० मंसिर २०७६, काठमाडौं

किरात राई सांस्कृतिक कलाकार संघको ५ औं राष्ट्रिय सम्मेलन आगामी पौष तेस्रो साता हुने भएको छ।

प्रदेश नं १ को उदयपुर गाईघाटमा हुने सम्मेलनको उद्घाटन १९ पौष बिहान साकेला टोलमा हुने बताइएको छ।

सम्मेलनको लोगो र पम्प्लेट सार्वजनिक गरी प्रचार–प्रसार शुरु गरिसकिएको संघका केन्द्रीय तथा प्रचार–प्रसार विभाग सदस्य पदम राईले जनाकारी दिए।

लोगो तथा पम्प्लेट किरात राई यायोक्खाका महासचिव तथा संघका पूर्वअध्यक्ष जनक राई, संघका कार्यवाहक अध्यक्ष राजु एन राई, चाम्लिङ खाम्बातिम ललितपुरका अध्यक्ष जयराम राई तथा संघका अन्य पदाधिकारीहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

संघ देशभर रहेका किरात राई कलाकर्मीहरुको साझा संस्था हो। १९ पौषमा उद्घाटन हुने सम्मेलनको बन्दसत्र २१ र २२ पौषमा साकेला टोलस्थित साकेला भवनमा हुने छ।

प्रतिक्रिया दिनुहोस्