माताले गरिन् भविष्यवाणी, सनिस बन्नेछन् ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता



०३ मंसिर २०७६, काठमाडौँ

हिमालयन टेलिभिजनबाट प्रशारण हुन द भ्वाइस अफ नेपाल को दोस्रो संस्करण अहिले दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो हो । भ्वाइस अफ नेपाल मा अहिले १० जना प्रतिस्पर्धीहरु रहेका छन् । ब्लाइड अडिसन देखि नकआउड राउण्डसम्म कुन प्रतिस्पर्धीलाई अगाडी लैजाने भन्ने कुराको निर्णय कोचले लिएका थिए ।

लाइभ राउण्डबाट भने कुन प्रतिस्पर्धीलाई अघि लैजाने भन्ने निर्णय कोचले नभएर दर्शकले गर्नेछन् । किनकी लाइभ राउण्डबाट भोटिङ सुरु भएको छ । यस्तै अहिले दर्शकले आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई जिताउनको लागि सक्दो भोट गरिरहेका छन् । यस्तैमा एक चर्चित माताले भ्वाइस अफ नेपाल सिजन २ को विजेता घोषणा गरिदिइसकेकी छिन् ।

माताको भनाई अनुसार भ्वाइस अफ नेपाल सिजन २ को उपाधी सनिस श्रेष्ठले जित्नेछन् । त्यसैकारण उनले सनिसलाई निरन्तर भोट गर्नको लागि दर्शकलाई आग्रह पनि गरिरहेकी छिन् । माताको भविष्यवाणीले भ्वाइस अफ नेपाल सिजन २ का अन्य प्रतिस्पर्धीका फ्यानलाई भने धक्का पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्