प्रियंका कार्कीले निर्देशन गरेको पहिलो म्यूजिक भिडियो रिलिज (भिडियो सहित)



०३ मंसिर २०७६, काठमाडौँ

नायिका प्रियंका कार्कीले आजभोली अभिनयसँगै निर्देशनमा पनि जोड दिन थालेकी छिन् । प्रियंकाले आफ्नो निर्देशनमा अहिले एक वेब सिरिज निर्माण गरिरहेकी छिन् । यस्तै प्रियंकाले पहिलो पटक निर्देशन गरेको म्यूजिक भिडियो पनि भर्खरै रिलिज भएको छ ।

लेखु सहयात्रीको शब्द र दिपक शर्माको संगीत रहेको मेरै लाहुरेले बोलको गीतमा बाल गायिका आयुष्का खानियाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतलाई  प्रियंका कार्कीले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्