पोष्टरमा यस्तो देखियो विपिनको ‘सेल्फि किङ्ग’



०३ मंसिर २०७६, काठमाडौँ

सेल्फि किङ्ग यो बर्षको प्रतिक्षित चलचित्र हो । विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र सेल्फि किङ्ग को प्रदर्शन मितिसँगै पोष्टर पनि रिलिज गरिएको छ ।

सेल्फि किङ्ग को पोष्टरमा विपिन कार्की मात्र फिचर्ड छन् । पोष्टरमा विपिनको फरक रुप देखाइएको छ ।

कमेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, लोकमणि सापकोटा, अभय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र सेल्फि किङ्ग माघ २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्