कर्मचारीलाई झुक्याएर विमानभित्र गरे ‘पोर्न फिल्म’ शुटिङ…



बेलायतको मिडल्यान्डको एयर म्युजियममा विमानभित्र झुक्याएर पोर्न फिल्म शुटिङ गरेको घटना अहिले सामाविक संजाल भाइरल भइरहेको छ ।

संग्रहालयका कर्मचारीहरुलाई झुक्याएर एडन्ट फिल्म’ का नायक नायिकाले पोर्न फिल्म शुटिङ गरेको बेलायतको पत्रिका ‘द सन’मा प्रकाशित छ । सो विमान विगतमा एयर फ्रान्सको विमान थियो । यो विमान सन् १९५० को दशकमा चार्टर होलिडेका लागि समेत प्रयोग भएको थियो ।

विमानभित्र शुटिङका लागि उनीहरु नायक नायिका, पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए । मिडल्यान्ड म्युजियमका अधिकारीहरुले सो विषयमा जानकारी पाएको भए तत्काल शुटिङ रोकिइने तर उनीहरुले सो विषयमा ढाँटेको उल्लेख गरेका छन् ।

पोर्न फिल्म बनाउने नायिकाहरुले समेत एयर होस्टेसको पहिरन लगाएर आएका थिए । त्यसैले कसैले यस विषयमा सुइको समेत पाएन ।

प्रतिक्रिया दिनुहोस्