चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ



०२ कार्तिक २०७६, काठमाडौं

नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ भएको छ ।

सोमबार बिहान ६ बजेर ४२ मिनेटमा  विपिनकी पत्नी रेश्मा कटुवालले बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल ३.७ केजी रहेको विपिनले बताए । नायक कार्कीले आमा र छोरीको अवस्था निकै राम्रो रहेको बताए ।

पाँच वर्षअघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनको पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्