गर्भावस्थामा भुलेर पनि यस्तो नगर्नूहोस्……



०१ मंसिर २०७६, काठमाडौं

गर्भावस्था हरेक महिलाका लागि एक खास अनि विषेश मानिन्छ। यो अवस्थामा विभिन्न किसिमका समस्याहरु उत्पन्न हुन्छन्। अन्य अवस्था भन्दा गर्भवस्थामा हरेक महिलाले विषेश ख्याल राख्नुपर्ने हुन्छ। सानो गल्तीले बच्चा र आमा दुवैको स्वास्थ्यमा नकानरात्मक असर पर्न सक्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार गर्भवती महिलाले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ। गर्भवती जाँच गर्दा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टा सुन्निएको छरछैन जाँच्नु पर्दछ।

पहिलो पटकको गर्भवती जाँच महीनावारी रोकिएको थाहा हुनासाथ वा करीब ६ हप्ताको वरिपरि गराउनुपर्छ। प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्तसमूह, यौनरोग (भीडीआरएल) एचआईभी एवं हेपाटाइटिस–बी, ब्लड सुगर, पिसाब जाँच एवं अल्ट्रासाउन्ड गराउनुपर्छ।

गर्भावस्थामा अन्य कुनै स्वास्थ्य समस्या देखिनासाथ थप जाँच पनि गराउनुपर्छ।

पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ। फोलिक एसिड र आइरन एवं क्याल्सियम जस्ता औषधि क्रमशः पहिलो र दोस्रो त्रैमासिकबाट खानुपर्छ भने तागत लाग्ने कार्बोहाइड्रे्रट तथा प्रोटिनयुक्त खानेकुरा पनि खानुपर्दछ।

गर्भवति महिलाले खानपान लगायत घरायसी कामकाजमा गर्दापनि उत्तिकै सावधानि अपनाउँनु पर्ने हुन्छ

गर्भवति महिलाले गर्नहुने कुराहरुः

–शरीरिक सरसफाईमा थप ध्यान दिनुहोस्।

–बसेको अवस्थामा कम्मर र पिठ्ँयू सीधा पारेर मात्र सामान उचाल्नुहोस्।

–सानो हिल भएको तथा हिड्न सजिलो हुने जुत्ता लगाउनुहोस्।

–आफुलाई सजिलो महसुश हुने, लुगा लगाउने तथा उच्चताप र दौडधुपबाट बच्नुहोस्।
नियमितरुपमा साधारण तथा हल्का व्यायम गर्ने गनुहोस्।

–यसका लागि स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्।

–आफ्नो औषधी उपचारको रिपोर्ट, स्वास्थ्यकर्मीको सम्पर्क ठेगाना लिने गर्नुहोस्।

गर्भावस्थामा गर्नै नहुने कुराहरुः

–धुम्रपान, मद्यपान, लागुपर्दाथ, एक्सरे, रसायन पर्दाथहरुबाट टाढा रहनुहोस्।

–गह्र्रौ सामान नउठाउँनुहोस्।

–कुनै पनि सामानसम्म पुग्नका लागि शरिरलाई तन्काउने काम कहिल्यै नगर्नुहोस्।

–अग्लो दराजसम्म पुग्ने वा टेबलको अर्को भागमा राखेर सामान पुग्न शरिर नतन्काउनुहोस्।

–पेट सम्बन्धी समस्याहरु सिर्जना गर्न सक्ने खालका व्यायम गर्नुहोस्।

–स्वाथ्यकर्मीसँग बिना सल्लाह कुनै प्रकारका औषधि सेवन नर्गनुहोस्।

प्रतिक्रिया दिनुहोस्