छवि र शिल्पालाई ५ बर्ष जेल सजाय र ५० हजार जरिवाना !



२९ कार्तिक २०७६, काठमाडौँ

केहीसमय अघि छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । सोही समयमा नै अदालतले प्रहरीलाई छवि र शिल्पालाई पक्राउ गर्ने अनुमति दिइसकेको थियो ।

तर शिल्पाले आफूलाई जेल नहाल्न भन्दै मुद्दा हालेकी थिइन् । त्यो मुद्दा पनि केहीदिन अघिमात्र खारेज भएको छ । यस हिसाबले अब छवि र शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको छ ।

यदि छवि र शिल्पालाई पक्राउ गरियो भने उनीहरुलाई ५ बर्षको जेल सजाय र ५० हजार जरिवाना तिराउन लगाइने छ । अब कसरी कानूनी प्रक्रिया अगाडी बढ्छ त्यो हेर्नको लागि भने केही समय प्रतिक्षा गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्