यसरी मनाउँदैछन् रणवीर र दिपिकाले आफ्नो पहिलो म्यारिज एनिभर्सरी



२८ कार्तिक २०७६, काठमाडौँ

बलिउडका क्युट कपल रणवीर सिंह र दिपिका पादुकोणको विवाह भएको आज १ बर्ष पुरा भएको छ । यो जोडीले आफ्नो पहिलो एनिभर्सरी निकै राम्रोसँग मनाउने भएको छ ।

आफ्नो पहिलो एनिभर्सरीमा रणवीर र दिपिका विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्ने भएका छन् ।

रिपोर्टर्सका अनुसार वैवाहिक वार्षिकोत्सवको अवसरमा दीपिका र रणवीर तिरुपति बालाजी जाने कार्यक्रम बनाएका छन्। उनीहरु बालाजीको मन्दिरमा दर्शनका लागि त्यहाँ जान लागेका हुन्। यस धार्मिक भ्रमणमा उनीहरुका पारिवारका सदस्यहरु पनि साथमा रहने बताइएको छ।

यो जोडी पद्मावती मन्दिर पनि जाने छ। यो मन्दिर तिरुपति बालाजी कै नजिकमा रहेको छ। यसपछि यो जोडी अमृतससर (गोल्डेन टेम्पल) जानेछ। रिल र रियल दुवैमा रणवीर र दिपिकाको केमेष्ट्रिलाई दर्शकले औधी रुचाएका छन् । धेरैले रणवीर र दिपिकालाई आफ्नो आइडल कपल समेत मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्