बलिउड अभिनेत्री जुही चावलाबारे नयाँ खुलासा, गर्भवती भएपछि मात्र विवाहबारे खुलाएकी थिइन्



२७ कार्तिक २०७८६, काठमाडौँ

बलिउडकी सदावहार नायिका हुन् जुही चावला । उनले बलिउडमा डेब्यु गरेदेखि अहिलेसम्म चलचित्रमा निरन्तर काम गरिरहेकी छिन् । त्यसैकारण पनि सधैँ चर्चामा नै रहने गरेकी छिन् । जुहीले सन् १९८६ मा चलचित्र सल्तनम बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यद्यपि चलचित्र बक्सअफिसमा फ्लप भएको थियो ।

आज उनै अभिनेत्री जुही चावलाको जन्मदिन रहेको छ । जुहीको जन्म सन् १९६७ नोभेम्बर १३ मा पञ्जाबमा भएको थियो । यस्तै जन्मदिनको दिन जुहीबारे नयाँ खुलासा भएको छ ।

जुहीले आफूले विवाह गरेको २ बर्षसम्म विवाहबारे कसलाई केहीपनि बताएकी थिइनन् । विवाहको २ बर्षपछि उनी गर्भवती भएपछि मात्र उनको विवाहको खबर मिडियामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्