दोहोरी गाएर सामाजिक सञ्जालमा भाइरल भएकी कमला घिमिरेको पहिलो गीत रिलिज (भिडियो सहित)



२७ कार्तिक २०७६, काठमाडौँ

केहीसमय अघि दोहोरी गीत गाएर सामाजिक सञ्जालमा निकै भाइरल भएकी ११ बर्षिया कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको  छ ।

उनीसँग नेपालका चर्चित लोकगायकले समेत दोहोरी गाउन नसकेर हार मानेका थिए । सानै उमेरमा आफ्नो अद्भूत कलाका कारण कमला अहिले निकै नै चर्चामा छिन् ।

रमेश विजीको शब्द र खेम सेन्चुरीको  संगीत रहेको चिया छानेको बोलको गीतमा कमला घिमिरे र अमृत सापकोटाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा धेरै चर्चित कलाकारहरु फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्