ऋतिक रोशनलाई मन पराएका कारण श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या



२६ कार्तिक २०७६, काठमाडौँ

अमेरिकामा एउटा अनौठो घटना घटेको छ । बलिउड स्टार ऋतिक रोशनलाई मन पराएका कारण श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । सेलिब्रेटिहरु दर्शकको माया बिना अधुरा हुन्छन् ।

तर ती श्रीमानले आफ्नी श्रीमतीले ऋतिक रोशनलाई मन पराइन् भनेर उनको जीवन नै खतम गरिदिएका छन् । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन्।

श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए।

त्यसपछि उनी आफैंले झुन्डिएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्