१३ बर्षपछि बलिउडमा कमब्याक गर्दै शिल्पा



२६ कार्तिक २०७६, काठमाडौँ

कुनै समयकी बलिउडकी सर्वाधिक लोकप्रिय नायिका शिल्पा सेठ्ठी १३ बर्षपछि फिल्ममा फर्कदैँ छिन् । उमेरले ४४ बर्ष कटेकी शिल्पा फिल्ममा नदेखिएपनि उनको लोकप्रियता भने घटेको थिएन ।

शिल्पा विभिन्न रियालिटी शो मा व्यस्त भइरहिन् । १३ बर्षपछि शब्बीर खानको फिल्म निकम्माबाट शिल्पाले बलिउड प्रवेश गर्न लागेकी हुन् । १५ बर्षको उमेरमै बलिउड छिरेकी उनी सन् २००७ मा रिलिज भएको फिल्म लाइफ इन अ मेट्रो पछि कुनै पनि फिल्ममा देखिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्