खोपको सुरुवात कसरी भयो? एक चाटि अवश्य पढ्नुहोस्…..



१४ कार्तिक २०७६, काठमाडौं

बितेको शताब्दीमा खोपले कैयौं मानिसको ज्यान जोगाएको छ। तर पनि कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्दो रहेको बताउँछन्।

यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यति चिन्तित छ कि उसले यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको छ।

कसरी सुरु भयो खोप?

खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो। जहाँ विविध रोगका कारण अरबौं मानिसले ज्यान गुमाउने गर्थे।

दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाए। “भ्यारियोलेसन“ भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस्।

आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ’काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे निकै अध्ययन गरका थिए।

बिफर अत्यन्त संक्रमक रोग थियो। जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो। बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपथ्र्याे।

सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरे।

ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए। लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा पर्याे।

जब फिप्स सो रोगबाट निको भए। तब जेनरले उनलाई बिफरको पनि सम्पर्कमा पुर्यादिए। तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो।

सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति भयो। ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भयो।

सफल्ता हासिलः

गत शताब्दीमा खोपहरूका कारण थुप्रै रोगले पुर्याउने हानि निकै कम भयो। सन् १९६८ मा त्यसको खोप विकास नहुन्जेल वार्षिक करिब २६ लाख मानिस दादुराका कारण मर्ने गर्थे।

खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको परिमाण ८० प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ।

खोप अस्वीकार गर्छन् मानिसः

खोपको सुरुवातदेखि नै यसप्रतिको शङ्का कायम छ। विगतमा मानिसहरू धार्मिक कारणले खोप प्रयोग गर्न अनकनाउँथे। किनभने त्यसले शरिर अपवित्र हुने वा त्यसले छनोटको स्वतन्त्रता हनन गर्ने ठानिन्थ्यो।

सन् १८०० को समयताका ब्रिटेनमा खोप विरोधी समूह देखा परे। तिनले रोगसँग लड्न रोगीहरूलाई एक्ल्याउने जस्ता वैकल्पिक उपायको पैरवी गरे।

सन् १८७० मा एकजना ब्रिटिश खोपविरोधी अभियानकर्ता विलियम टेबको भ्रमणपश्चात् अमेरिकामा पनि पहिलो खोपविरोधी समूह गठन भयो।

पछिल्लो समयमा खोपविरोधी आन्दोलनका एक मुख्य अभियानकर्मी एन्ड्र्यु वेकफिल्ड रहे।

सन् १९९८ मा ती लन्डनस्थित चिकित्सकले एमएमआर खोप र अटिज्मबीच सम्बन्ध रहेको गलत विवरण प्रकाशन गरे।

एमएमआर भनेको दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइने खोप हो।

उनको विवरणलाई गलत ठर्हयाइएको छ र वेकफिल्डलाई ब्रिटेनको मेडिकल रजिस्टरबाट पनि हटाइएको थियो। तर पनि उनको दाबीपश्चात् ब्रिटेनमा एमएमआर खोप प्रयोगमा कमी आयो।

सन् २००४ मा मात्र ब्रिटेनमा एमएमआर खोप प्रयोग गर्ने बालबालिकाको सङ्ख्या एक लाखले घट्यो। जसले गर्दा त्यसपछिका वर्षहरूमा दादुराको घटना बढ्यो।् साथै खोपको विषयमा निकै राजनीतिकरण भयो।

इटलीका आन्तरिक मामिलामन्त्री माट्टियो साल्भिनी खोपविरोधी समूहका पक्षधर छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै प्रमाण खोपलाई अटिज्मसँग जोडिदिए। तर अचेल भने उनले अभिभावकहरूलाई आफ्ना बच्चालाई खोप लगाउन आह्वान गर्ने गर्छन्।

 

एक अन्तर्राष्ट्रिय अध्ययनले खोपप्रति सबभन्दा कम विश्वास युरोपेली क्षेत्र र खासगरी फ्रान्समा रहेको देखाएको छ।

खोपका खतराः

जब जनसङ्ख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ। तब त्यसले रोग फैलन रोकिदिन्छ। र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ।

यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी भनिन्छ। तर जब यसो हुन पाउँदैन तब पूरै जनङख्या खतरामा पर्न जान्छ।

हर्ड इम्युनिटी हासिल गर्न कति जनसङ्ख्याले खोप लगाएको हुनुपर्छ, भन्ने आँकडा रोगैपिच्छे फरक छ। दादुराको लागि यो ९५ प्रतिशत छ भने पोलियोको लागि ८० प्रतिशत छ।

गत वर्ष अमेरिकाको ब्रुकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे। सोही समुदाय अहिले अमेरिकामा दशकौँयता फैलिएको सबैभन्दा ठूलो दादुराको प्रकोपको केन्द्रमा छ।

इङ्ग्ल्यान्डका सबैभन्दा वरिष्ठ चिकित्सकले सामाजिक सञ्जालमा व्याप्त रहेको खोपको गलत सूचनाले धेरै मानिस मूर्ख बनिरहेको भन्दै गत वर्ष चेतावनी दिएका थिए।

अमेरिकी अनुसन्धानकर्ताहरूले त्यस्ता गलत सूचना राखेर मतभेद चर्काउन इन्टरनेटमा रुसबाट स्वचालित संयन्त्रहरूको प्रयोग भएको पनि पत्ता लगाए।

डब्लुएचओका अनुसार केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको सङख्या ८५ प्रतिशतमा स्थिर रहेको छ। उसले भनेको छ खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख ज्यान जोगाउँदै आएको छ।

खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोग दर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा छ।
ती देशको उदाहरणमा अफगानिस्तान, एंगोला तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गो पर्छन्।

तर विकसित मुलुकहरूको हकमा घट्दै गएको गम्भीरतालाई डब्लुएचओले प्रमुख समस्या मानेको छ, अर्थात् मानिसहरूले ती रोगले कति हानि गर्न सक्छन् भन्ने बिर्सन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्