‘घामड शेरे’ पछि ‘दिमाग खराब’ मा एकसाथ देखिदैँ निश्चल र स्वस्तिमा



०३ कार्तिक २०७६, काठमाडौँ

कार्तिक ८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र घामड शेरे का मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अहिले चलचित्रको प्रमोशनमा व्यस्त छन् । रियल लाइफ कपल निश्चल र स्वस्तिमाको जोडीलाई दर्शकले औधी रुचाउने गरेका छन् ।

निश्चल र स्वस्तिमाका फ्यानका लागि एउटा खुसीको खबर आएको छ । निश्चल र स्वस्तिमा अब अर्को चलचित्रमा पनि एकसाथ देखिने भएका छन् । ३ बर्षअघि निर्माण गर्ने घोषणा भएको चलचित्र दिमाग खराब अब बन्ने भएको छ ।

दिमाग खराब निश्चल आफैँले निर्देशन गर्ने भनिएको चलचित्र थियो । तर उनलाई चलचित्रको कथा त्यति बलियो नलागेपछि उनले चलचित्र निर्देशन गरेनन् । अब यो चलचित्रलाई सिमोस सुनुवारले नयाँ कथा तयार पारेर निर्देशन गर्ने भएका छन् । चलचित्रमा लगानी भने निश्चलको नै रहने छ । यो चलचित्रमा दर्शकले निश्चल र स्वस्तिमाको जोडीलाई फेरि देख्न पाउनेछन् । यो चलचित्रको छायांकन तिहारपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्