अचानक अस्पताल भर्ना भए बलिउड अभिनेता अमिताभ बच्चन



०१ असोज २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अमिताभ ३ दिनको लागि अस्पताल भर्ना भएका हुन् ।

अमिताभ आफ्नो रेगुलर चेकअपको लागि अस्पताल भर्ना भएको बताइएको छ । उनी अस्पताल भर्ना भएको कुरा कमैलाई मात्र थाहा छ ।

उनलाई भेट्नको लागि ठूला निर्माता र निर्देशक अस्पताल पुगेका छन् । तर कसैलाई पनि भेट्न भने दिइएको छैन । अस्पतालले समेत अमिताभको स्वास्थ्य स्थितिबारे अहिले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्