१०० को नयाँ नोट चल्तीमा



०८ असोज २०७६, काठमाडौं

नेपाल राष्ट्र बैंकले बुधबार(आज)बाट १ सयको नयाँ नोट चल्तीमा ल्याउने भएको छ।

बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत नं ओर १८०००००१ देखि कर ३७९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, बिचमा भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी दि बर्थ प्लेस अफ लड बुद्ध अंग्रजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो।

पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्