नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना



०५ असोज २०७६, काठमाडौँ

एक गीतको छायांकनका लागि रौतहट जादैँ गरेको नायिका केकी अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो  ।

गाडीमा रहेका अधिकांश कलाकार सामान्य घाइते मात्र भएका छन् । यो नै ठूलो कुरा हो । गाडीमा नायिका केकी अधिकारीसँगै निर्देशका पुर्नेन्दु झा, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायतका कलाकारहरु थिए । अहिले कलाकारहरु रेष्टमा छन् । अब केहीदिनपछि मात्र उक्त गीतको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्